नेभिगेसन मेनु

उपराष्ट्रपति चयनका लागि मतदान सुरु
सम्पादक:南亚网络电视
समय:2023-03-17 12:53

matadan

उपराष्ट्रपति चयनका लागि संसद भवनस्थित ल्होत्से हलमा मतदान सुरु भएको छ । तस्विर-कान्तिपुर

काठमाडौँ । बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ । निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बन्नुभएका रामसहाय यादव र नेकपा एमालेबाट उम्मेदवार बन्नुभएकी अष्टलक्ष्मी शाक्य मतदान स्थलमा पुगिसकेका छन् । 

उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी नेपालबाट रामसहाय यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीबाटै प्रमिला कुमारी र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको थियो ।यद्यपी प्रमिला कुमारीले भने आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरिसकेकी छिन् । 

गठबन्धनमै रहे पनि जनमत पार्टीले मित्रवत् प्रतिस्पर्धा गर्ने बताएको छ भने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार नै नतिजा आउन जानकारि गराएकाे छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर