नेभिगेसन मेनु

भण्डारीले छोडे लगत्तै आजै शितलनिवास सर्दै नवनिर्वाचित राष्ट्रपति पौडेल
सम्पादक:南亚网络电视
समय:2023-03-13 15:35

1678672328_rastrapati-1200x560

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आजै शितलनिवास छोड्ने भएकि छिन्। आइतबार मध्यरातबाट उनको दोस्रो कार्यकाल सकिएको छ। उनलाई हिजै औपचारिक बिदाई कार्यक्रम गरिएको थियो।  

निवर्तमान राष्ट्रपति भण्डारी आज बुढानीलकण्ठ-२ चपलीस्थित आफ्नो नीजि निवासमा सर्ने भनिएपनि मर्मतको कार्य नसकिएकोले बालुवाटारस्थित छाेरीकाे घरमा सर्ने भएकी छिन्। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण कार्यक्रम पछि आजै शितलनिवास छोड्ने राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिवालयले जनाएको छ।  

राष्ट्रपतिको कार्यालयले पौडेलको शपथ समारोह सोमबार दिउँसो १ बजेका लागि तय गरेको जनाएको छ। राष्ट्रपति भवन भने एक दिन पनि खाली नहुने भएको छ। निवर्तमान राष्ट्रपतिले छोडेको केही घन्टामा नै अर्को नवनिर्वाचित राष्ट्रपति बस्नको लागि आउने भएका छन्।

नवनिर्वाचित राष्ट्रपति पौडेल पनि बोहोराटारस्थित निजी निवासबाट आजै शितलनिवास सर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ। आज शपथ ग्रहण कार्यक्रमपछि उनी शितलनिवासमै रहने छन्।  

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। राष्ट्रपति चयन भएपछि पौडेलले पार्टीगत राजनीति छाडेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर