नेभिगेसन मेनु

रोहित ओडिआईमा नेपालका सर्वाधिक सफल कप्तान
सम्पादक:南亚网络电视
समय:2023-03-08 17:08

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल ओडिआई क्रिकेटमा नेपालबाट सर्वाधिक सफल कप्तान बनेका छन् । २० वर्षीय रोहित ओडिआईमा नेपालबाट सर्वाधिक खेलमा कप्तानी गर्ने र जित्ने खेलाडी बनेका छन् ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईसँग अन्तिम खेलपछि रोहित नेपालबाट ओडिआईमा सर्वाधिक सफल कप्तान बनेका हुन्। रोहितले नोभेम्बरमा युएईसँग तीन ओडिआई खेलको सिरिज अन्तर्गत १४ नोभेम्बरमा टियु मैदानमा कप्तानी गरेका थिए । पहिलो खेलमा नेपाल पराजित भएपनि रोहितले त्यसपछि सानदार प्रदर्शन र कप्तानी गर्दै आएका छन् ।

रोहितले नेपालबाट १५ खेलमा कप्तानी गर्दा ९ मा जित, ५ मा हार र १ खेल नजिता बिहीन बनेको थियो । रोहितले आइसिसी विश्वकप लिग-२ मा पछिल्ला ८ मध्य ७ खेल जिताएका छन् । रोहितपछि सन्दीप लामिछानेले २०२२ मा १४ खेलमा कप्तानी गर्दा ४ मा जित, ९ मा हार र १ खेल नतिजा विहीन बनेको थियो।

रोहितपछि नेपालबाट ओडिआईमा सर्वाधिक जित दिलाउने कप्तान ज्ञानेन्द्र मल्ल हुन् । ज्ञानेन्द्रले २०२०/२०२१ मा १० खेलमा कप्तानी गर्दा ६ मा जित र ४ मा हार व्येहोरेका थिए । पारस खड्काले २०१८–२०१९ मा ६ खेलमा कप्तानी गर्दा ३ मा जित र ३ मा हार व्येहोरेका थिए ।

टि२० आईमा सन्दीप सर्वाधिक बढी जित दिलाउने कप्तान हुन् । सन्दीपले २०२२ मा १८ टि२० आई खेलमा कप्तानी गर्दा १३ मा जित र ५ मा हार व्येहोरेका छन् ।

ज्ञानेन्द्र मल्लले २०१९ देखि २०२१ सम्म १२ टि२० आई खेलमा नेपालको कप्तानी गर्दा ९ मा जित र ३ मा हार व्येहोरेको थियो ।२०१४ देखि २०१९ सम्म पारस खड्काले २७ टि२० आई खेलमा कप्तानी गर्दा ११ मा जित, १५ मा हार र १ खेल नजिता विहीन बनेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर