नेभिगेसन मेनु

बुधबार थप एक हजार रूपैयाँले सस्तियो सुन
सम्पादक:南亚网络电视
समय:2023-03-08 13:48

1

बुधबार छापावाला सुन प्रतितोला एक हजार रूपैयाँले घटेको छ।

मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँले कारोबार भएको सुन बधबार एक लाख एक हजार पाँच सय रूपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ४० रूपैयाँले घटेको छ। 

मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला एक हजार दुई सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १० अमेरिकी डलर छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर