नेभिगेसन मेनु

चिनिया दुतावासद्वारा आयोजित रङ्गिन यूनान सांस्कृतिक साँझ
सम्पादक:南亚网络电视
समय:2023-03-02 17:10

IMG_4961

आर्मी अफिसर्स क्लवमा आयाेजित सांस्कृतिक कार्यक्रम//तस्विर-एस ए टि भी

नेपालको राजधानी काठमाडौंस्थित आर्मी अफिसर्स क्लवमा बुधबार चिनियाँ दूतावासले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। नेपालस्थित चिनियाँ दूतावासद्वारा प्रायोजित, नेपाली चाइनिज एजुकेसन एशोसिएसनद्वारा सह आयोजित र यूनान एथ्निक सङ एण्ड डान्स ट्रूपद्वारा सृजित सांस्कृतिक प्रस्तुति "कलरफूल कल्चरल नाइट " सफलतापूर्वक सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका राष्ट्रपति सु श्री विद्या देवि भण्डारी, नेपालका लागि चिनियाँ राजदूत श्री चेन सोङ लगायत अन्य प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रमको सुरुवात नेपाल र चीनको राष्ट्रिय गाना बजाएर गरिएको थियो भने चिनियाँ र नेपाली कलाकार र विद्यार्थीको उत्कृष्ट प्रस्तुतिले कार्यक्रमलाई झनै जीवन्त बनाएको थियो।
कार्यक्रमको सुरुवाती चरणमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले अङ्ग्रेजीमा मन्तव्य प्रस्तुत गर्नु भएको थियो। मन्तव्य मार्फत राजदूत सोङले, चीन र नेपाल बीच हजारौं वर्षको मैत्रीपूर्ण, कुटनीतिक इतिहास रहेको बताउनु भयो । "चीनले मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशीताको अवधारणा र छिमेकीसँग मित्रता र साझेदारी निर्माण गर्ने कूटनीतिक नीतिलाई निरन्तरता दिने, राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्न, नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग गर्ने र जनताको जीवनस्तरमा सुधार ल्याउने छ र साझा भविष्यका साथ निकट चीन-नेपाल समुदाय निर्माण गर्न छ " उहाले थप्नु भयो।
यूनान एथ्निक सङ एण्ड डान्स ट्रूपले चिनियाँ जनताको सरल र भव्य जातीय संस्कृती झल्काउन १२ओटा प्रस्तुति राष्ट्रपति माझ पस्किएर उपस्थित सबैलाई मनोरञ्जन गराएका थिए।
एल आर आइका साना भाइ बहिनीको नृत्य र रेशम फिरिरी बोलको गीतले दर्शकको राम्रो प्रसंसा बटुलेको थियो।
बहुजातीय सांस्कृतिक विशेषताले भरिपुर्ण गीत र नृत्यले दर्शकमा अविस्मरणीय छाप छोडेको थियो भने प्रस्तुति पश्चात राष्ट्रपति विद्या देवि भण्डारी र राजदूत चेन सोङले प्रस्ताेताहरूसँग तस्बिर खिचाउँदै साँझ लाई अझै रङ्गिन बनाउनु भएको थियो ।

 कार्यक्रमका झलकहरू

IMG_4844

IMG_4875

IMG_4854

IMG_4860

IMG_4889

IMG_4944

IMG_4913

IMG_4927

IMG_4966

IMG_4975

IMG_4984

IMG_4992

IMG_5030

IMG_5119

IMG_5129

IMG_5211

IMG_5219


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर