नेभिगेसन मेनु

एमालेले गर्‍यो सरकारबाट बाहिरिने निर्णय
सम्पादक:南亚网络电视
समय:2023-02-27 15:52

uml-leader_rqkj1lxSaA

काठमाडौं : नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ। एमालेको आजको सचिवालय बैठकले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सचिवालय बैठकपश्चात उपाध्यक्ष विष्णु पौडेलले पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए । उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका पौडेलले आजै एमालेका मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताए।

उनले भने, 'आजको बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय लिएका छौं।'

पौडेलले राष्ट्रपति निर्वाचनमा सरकारमा सहभागी दलबीच भएको सहमति माओवादी केन्द्रले तोडेको बताए। उनले राष्ट्रपतिको निर्वाचनमा मतभेद कायम रहेपनि देशको परिस्थिति हेरेर सरकारलाई समर्थन दिएर बस्ने एमालेले चाहेपनि प्रधानमन्त्रीको अभिव्यक्तिले बाहिरिनुपरेको बताए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर