नेभिगेसन मेनु

भुटानमाथिको जितले फाइनल सम्भावना जीवित
सम्पादक:南亚网络电视
समय:2023-02-06 11:59

1675645882_U-20 Football  gol gardai amisha karki-1200x560

अमिसा कार्कीको ह्याट्रिक मद्दतमा भुटानमाथि ४–० को सहज जितसहित नेपालले साफ यु २० महिला च्याम्पियनसिप २०२३ को फाइनल प्रवेश सम्भावना जीवित राखेको छ।  

नपालको जितमा अमिसाले ह्याट्रिक पूरा गर्दा कप्तान प्रीति राईले थप एक गोल गरिन्। पहिलो हाफमा २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप २ गोल गरेको थियो।

१९औं मिनेटमा अमिसाले नेपालका लागि गोल खाता खोलेकी थिइन्। पहिलो हाफको इन्जुरी समयमा अमिसाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन्। ६१औं मिनेटमा प्रीतिले नेपालका लागि तेस्रो गोल गरिन्। त्यसको एक मिनेटपछि नै अमिसाले ह्याट्रिक  पूरा गर्दै नेपालको सहज जित पक्का गरेकी थिइन्।

पहिलो खेलमा शुक्रबार नेपाल आयोजक बंगलादेशसँग ३–१ ले पराजित भएको थियो भने भुटानले भारतलाई १२–० को नतिजा  सुम्पिएको थियो। नेपालले लिग चरणको अन्तिम खेलमा मंगलबार भारतको सामना गर्नेछ। त्यस्तै भुटानले बंगलादेशविरुद्ध खेल्नेछ। नेपालको २ खेलमा ३ अंक रहेको छ।अंकविहीन भुटानको यात्रा भने लिगचरणमा सीमित भएको छ।  

लिगचरणको समाप्तिपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल बिहीबार हुनेछ। नेपालका प्रशिक्षक यमप्रसाद गुरुङले भुटानमाथि सहज जित निकाले पनि टोलीले अझ स्वाभाविक लय भने भेट्टाउन नसकेको बताए।आजको जितले खुसी छु, तर अझ नेपालले स्वाभाविक लय भेट्टाउन सकेको छैन,’ गुरुङले भने, ‘हाम्रा स्ट्राइकरले धेरै गल्ती गरे। लगातार एकपछि अर्को गोलको अवसर प्राप्त गरे पनि खेलाडीले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हाम्रो जितअन्तर फराकिलो हुन सकेन। यद्यपि टोलीले स्पष्ट ३ अंक जोड्यो, त्यसमा भने म खुसी छु। अर्को समस्या भनेको हामीले अभ्यास गरेको बल र म्याच बलमा समेत फरक थियो।’ 

गुरुङले कृत्रिम मैदानका कारण खेल्न असहज भएको र खेलाडीहरू पनि घाइते भएको बताए। उनले भने, ‘कृत्रिम मैदानमा खेल्न हाम्रा खेलाडीका लागि केही असहज भयो। हामीले अभ्यास गरेको मैदान र यो फरक थियो। कृत्रिम मैदानकै कारण खेलाडीहरू घाइते भए।’ कुसुम  खतिवडाले चोटकै कारण प्रतियोगिताका बाँकी खेल गुमाउने भएकी छिन्। यो नेपाली टोलीका लागि महँगो साबित हुन सक्छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर