नेभिगेसन मेनु

साफ यू-२० महिला च्याम्पियनसिप: नेपाल र बंगलादेश भिड्दै
सम्पादक:南亚网络电视
समय:2023-02-03 11:33

1675391947_nepal vs bangaladesh-1200x560

शुक्रबारबाट बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिपमा आज नेपालले पहिलो खेल आयोजक बंगलादेशविरुद्ध खेल्दैछ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ।

प्रिती राईको कप्तानीमा रहेको नेपाली टोली बंगलादेशविरुद्ध सुखद नतिजाको योजनामा छ। उनी सिनियर राष्ट्रिय टोलीका सदस्य समेत हुन्।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर