नेभिगेसन मेनु

तेस्रो पटक स्थगित गर्‍यो कांग्रेसले केन्द्रीय समिति बैठक
सम्पादक:南亚网络电视
समय:2023-01-26 16:34

1525609885Nepali-Congress-Building1665203251

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक तेस्रो पटक स्थगित गरेको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समिति बैठक स्थगित भएको बताए।

माघ १५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो। 

पौडेलका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रीय समिति बैठक स्थगित गरिएको छ। कांग्रेसले के कारणले केन्द्रीय समिति बैठक स्थगित गरेको हो खुलाएको छैन।

गत मंसिरमा भएको चुनावपछि चुनावी समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको थियो। गठबन्धन जोगाउन नसकेको आरोप सभापति शेरबहादुर देउवामाथि छ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिनेजस्ता महत्वपूर्ण निर्णय केन्द्रीय समिति बैठकबाट गरेको छैन। केन्द्रीय कार्यसम्पादन र विधानले नचिन्ने पदाधिकारी बैठकबाट महत्वपूर्ण निर्णय हुँदै आएकामा केन्द्रीय सदस्यहरूले सभापतिलगायत पदाधिकारीको आलोचना गर्दै आएका छन्।

कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छ। पार्टीलाई एकताबद्ध बनाएर लैजाने तयारीमा सभापति देउवा छन्। केन्द्रीय समिति बैठक अहिले बस्दा आरोप प्रत्यारोप हुन सक्ने भन्दै केन्द्रीय समिति बैठक पटक पटक स्थगित गरिएको आरोपसमेत लाग्ने गरेको छ।

कांग्रेसले यसअघि पुस २८ मा केन्द्रीय समिति बैठक राखे पनि स्थगित गरेर माघ १५ का लागि सारेको थियो। त्यसअघि कांग्रेसले पुस २२ मा केन्द्रीय समिति बैठक बोलाएकोमा स्थगित गरेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर