नेभिगेसन मेनु

त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम: नेपालगञ्जदेखि आएको जहाज पुग्यो भद्रपुर, मलेसियाबाट आएको कलकत्तामा
सम्पादक:南亚网络电视
समय:2023-01-20 13:08

326084082_718599873219544_675706070701080119_n1674188679

त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा जहाजहरूलाई अवतरणमा समस्या भएको छ। 

शुक्रबार बिहान भिजिविलिटी कम भएकाले विभिन्न ठाउँबाट आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू डाइभर्ट भएका छन् भने केही आकाशमै होल्ड गरिएका छन्। 

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज खराब मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि झापाको भद्रपुर पुगेको छ।

चार जना चालक दलका सदस्य र ५२ यात्रु बोकेको जहाज शुक्रबार बिहान नेपालगञ्ज विमानस्थलबाट साढे ७ बजे उडेको थियो।

काठमाडौं विमानस्थलमा अवतरण गर्न भिजिबिलिटी नपुगेपछि जहाज भद्रपुर गएको श्री एयरलाइन्सले जनाएको छ।

‘काठमाडौं र आसपासका अन्य विमानस्थलहरू भरतपुर, सिमरा र विराटनगर पनि भिजिबिलिटी नभएपछि जहाज भद्रपुर गएको हो,’ श्री एयरलाइन्स स्रोतले भन्यो।

उता मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायु सेवा निगमको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि पश्चिम बंगालको कलकत्तामा पुगेको छ। 

आरएनए ४१६ जहाज कलकत्ता पुगेको हो। 

विमानस्थलका एकजना एटिसीका अनुसार अहिले विमानस्थलको भिजिविलिटी १६ सय मिटर छ। 

विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कलकत्ता डाइभर्ट भएको जहाज अवतरण हुन भिजिविलिटी २२ सय मिटर हुनुपर्छ।

उनका अनुसार भिजिविलिटी बढ्दै गएकाले आन्तरिकतर्फका उडान अब केहीबेरमा अवतरण हुने क्रममा छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर