नेभिगेसन मेनु

सभामुखको शपथ ११ बजे
सम्पादक:南亚网络电视
समय:2023-01-20 12:37

DevrajGhimireji-1674124989

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।

शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले सभामुख घिमिरेलाई अहिले ११ बजे पद तथा गोपनीयताको शपथ गराउनेछिन् ।

शपथग्रहणपछि सभामुख घिमिरेले मध्याह्‌न १२:१० बजे लैनचौरस्थित सहिदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । त्यसपछि साढे १२ बजे पदबहाली गर्ने कार्यक्रम तय भएको सभामुखको सचिवालयले जनाएको छ ।

 

हिजो (बिहीबार) मात्र प्रतिनिधिसभा बैठकबाट एमाले सांसद घिमिरे १६७ मतसहित सभामुखमा निर्वाचित भएका हुन् । सभामुखमा विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत मात्र पाएकी थिइन् ।

नवनिर्वाचित सभामुख यसअघि २०५६ सालमा राष्ट्रियसभाको सांसद भएका थिए । एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका उनी झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित
सभाको प्रतिनिधित्व निष्पक्ष भएर गर्छु : सभामुख घिमिरे
उपसभामुख छनोट : मनोनयन आज, निर्वाचन भोलि
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर