नेभिगेसन मेनु

काठमाडौंको तापक्रम आज वर्षकै कम
सम्पादक:南亚网络电视
समय:2023-01-05 12:41

jal-tatha-mausam-bigyan-biv1653974593

काठमाडौं । देशभर चिसो बढ्दै गएको छ । तापक्रम क्रमशः घट्दै छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । काठमाडौंको हिजो बिहानको न्यूनतम तापक्रम ४।६ डिग्री सेल्सियस थियो ।

यसअघि, यही पुस १३ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम ३।१ डिग्री सेल्सियस थियो ।

आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५।५ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार यस दिन डडेलधुराको न्यूनतम तापक्रम २।९, ताप्लेजुङको ३, वीरेन्द्रनगरको ३।१, घोराहीको ४।३, दिपायलको ४।८, पोखराको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ ।

महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर