नेभिगेसन मेनु

मानव ओसारपसार र बेचविखनका क्रियाकलाप प्रति संवेदनशील छ महानगर
सम्पादक:南亚网络电视
समय:2023-01-04 17:13

321485467_5501801636609430_7300004140095425528_n

काठमाडौं पुस २०।

सहरी क्षेत्रमा हुने मानव ओसारपसार र बेचविखनजस्ता क्रियाकलाप निषेधप्रति महानगरपालिका संवेदनशील रहेको काठमाडौँ महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताए। शान्ति फाउन्डेसनसँगको सहकार्यमा महानगरले सञ्चालन गरेको हाम्रो सम्मान परियोजनाका आगामी कार्यक्रमका बारेमा धारणा राख्दै उनले भने, ‘अब बैठकमा भन्दा फिल्डमा काम गर्नुपर्ने बेला भएको छ। अहिले सहरमा मानव ओसारपसार र बेचविखनको शैली फेरिएको छ। हामीले परिवर्तित शैलीमाथि निगरानी गर्नुपर्छ । यसका लागि हाम्रा विगत अनुभव, ज्ञान र सीपलाई उपयोग गर्दै सहकार्य गरौँ।’

सरकारले २०६४ सालमा मानव बेचविखन विरुद्धको ऐन, २०६५ सालमा नियमावली र ०७० सालमा कार्यविधि जारी गरिसकेको छ। काठमाडौँ महानगरपालिकाले २०७८ साउन १९ गते बसेको कार्यपालिकाको बैठकले लैङ्गिक हिँसा निवारण कोष सञ्चालन कार्यविधि र मानव बेचविखन तथा ओसारपसार नियन्त्रण कार्यविधि २०७८ स्वीकृत गरेको छ। यस्तै २०७९ भदौ १२ गतेको कार्यपालिकाको निर्णयबाट वडा महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको छ । यी ३ वटै कार्यविधि जारी जारी भएर कार्यान्वयनमा आइसकेका छन्।

संघ र स्थानीय तहसम्मको संयन्त्र हेर्दा, सचिवस्तरीय नेतृत्वमा संघमा, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा समिति छ । नगरस्तरीय समस्या समाधानका लागि नगर प्रमुखको नेतृत्वमा नगरमा समितिको व्यवस्था गरिएको छ । यसबाट बेचविखन नियमन तथा नियन्त्रणका काम हुने गरेका छन् ।

महानगरले २६ वटा वडामा ओसारपसार तथा बेचविखन विरुद्ध काम गर्ने समिति गठन गरिसकेको छ। बैठकमा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले, सबै मिलेर टोल टोलमा कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो देखिएको बताए। घर, वैदेशिक रोजगार, मनोरञ्जन क्षेत्रमा मानव ओसारपसार र बेचविखनका दृष्टिले सहरका जोखिमपूर्ण क्षेत्र हुन् । यी ठाउँमा पुग्नुपर्छ, मैनालीको भनाइ थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर