नेभिगेसन मेनु

पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री
सम्पादक:南亚网络电视
समय:2022-12-27 12:25

Untitled-41672050830

काठमाडौं, पुस १२। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औ प्रधानमन्त्रीमा नियुक्ती भएका छन्। कांग्रेससँगको गठबन्धन तोड्दै संविधानको धारा ७६ को २ अनुसार आइतबार प्रधानमन्त्री नियुक्त भएका दाहालले सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। 

प्रधानमन्त्रीको शपथसँगै दाहालले तेस्रोपटक मुलुकको कार्यकारी प्रमुखका रूपमा सिंहदरबारको यात्रा तय गरेका छन्। राप्रपा, जसपा र नाउपाबाहेकका दललाई सोमबार नै दाहालले सरकारमा सहभागी गराएका छन्। एमाले, माओवादी केन्द्र र रास्वपाबाट एक–एक उपप्रधानमन्त्रीसहित दाहालले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ५ वर्ष ७ महिनाअघि नेतृत्व हस्तान्तरण गर्दै सरकारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तिनै देउवालाई विस्थापित गर्दै तेस्रोपटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।

एमालेको सहयोगमा २०६५ साउनमा पहिलोपटक दाहाल प्रधानमन्त्री भएका थिए। दाहाले नेपाली सेनाका तत्कालीन प्रमुख रुकमांगत कटवाललाई हटाउने मन्त्रिपरिषद् निर्णयसँगै २०६६ वैशाख २१ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। कांग्रेसको समर्थनमा २०७३ साउनमा दोस्रोपटक दाहाल प्रधानमन्त्रीमा नियुक्ती भएका थिए। २०७४ जेठ १० गते कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्दै दाहाल सिंहदरबारबाट बाहिरिएका थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर