नेभिगेसन मेनु

उम्मेदवारी दिनेमा खस आर्यको बाहुल्यता, थारु समुदाय सबैभन्दा कम
सम्पादक:南亚网络电视
समय:2022-10-16 12:18

thumb

प्रतिनिधिसभा र प्रदेशसभाको आउँदो निर्वाचनमा खस आर्य समुदायबाट सबैभन्दा बढी उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार सबैभन्दा कम थारु र मुस्लिम समुदायको उम्मेदवारी परेको छ । दुवै सभामा ५ हजार ६ सय ३६ जना उम्मेदार छन् । यसमध्ये १ सय ६९ अर्थात् ३ प्रतिशत थारु छन् ।

मधेसी २ सय २७ जना अर्थात् ४ प्रतिशत उम्मेदवार छन् । प्रतिनिधिसभामा थारु उम्मेदवार ७९ र प्रदेशमा १ सय ६९ जना छन् । त्यस्तै प्रतिनिधिसभामा मुस्लिम ८२ जना छन् भने प्रदेशसभामा सय ४५ जना छन् ।

सबैभन्दा बढी उम्मेदवार खस आर्य रहेका छन् । आयोगका अनुसार दुबै सदनमा २ हजार ७२ जना अर्थात् ३६.७६ प्रतिशत छन् । यसमध्ये प्रतिनिधिसभामा १ हजार १७ (४२ दशमलब १६ प्रतिशत) र प्रदेशसभामा १ हजार ५५ (३२ दशमलब ७२ प्रतिशत ) खस आर्य छन् । खस आर्यपछि उम्मेदवारी दिनेमा आदिवासी जनजाती रहेका छन् । दुबै सदनमा १ हजर ५ सय ४७ जना जनजातीले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभामा उम्मेदवारी दिनेमध्ये ६ सय ४१ (२६.५७ प्रतिशत) र प्रदेशसभामा ९ सय ६ (२८.१० प्रतिशत) जनजाती छन् । उम्मेदवारी दिनेमा मधेसीको संख्या तेस्रो स्थानमा रहेका छन् । दुवै सदनमा १ हजार ३ सय ८० जना (१४.४८प्रतिशत) मधेसीले उम्मेदवारी दिएका छन् । यसमध्ये प्रतिनिधिसभामा ५ सय ६ (२०.९७ प्रतिशत) र प्रदेशसभामा ८ सय ७४ (२७.१० प्रतिशत) मधेसी छन् । दलित समुदायका २ सय ४१ ज्ना (४.२७ प्रतिशत) ले दुवै सभामा उम्मेदवारी दिएका छन् । यसमध्ये प्रतिनिधिसभामा ९७ (४ प्रतिशत) र प्रदेशमा १ सय ४४ जना (४.४६ प्रतिशत)ले उम्मेदवारी दिएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर