नेभिगेसन मेनु

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
सम्पादक:南亚网络电视
समय:2022-10-13 15:36

khan-chinese-ambasador_GMkno0LkeE

गृहमन्त्री बालकृष्ण खाण र  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री खाणले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए । ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाणले भने–‘नेपाल सरकार एक चीन नीतिप्रति विश्वस्त छ, छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ ।

मन्त्री खाणले नेपालमा कुनै पनि मुलुक विरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने प्रतिवद्धता जनाएको छन् । राजदूत यान्छी आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कँदै छिन् । उनको कार्यकालमा चिनियाँ राष्ट्रपति सि चिनफिङ, राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुलगाययत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमण गरेका थिए । 

राजदूत यान्छीले चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर नयाँ महत्वपूर्ण जिम्मेवारीमा चिन फर्किन लागेकोमा मन्त्री खाणले शुभकामना दिएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर