नेभिगेसन मेनु

प्रचण्डलाई स्वागत गर्न नारिता विमानस्थल पुगे नेपाली राजदूत
समय:2022-08-06 03:50

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन्। केहीबेर अघिमात्र जापानको टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका प्रचण्डलाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी विमानस्थल पुगेका छन् ।

नेपाली जन प्रगतिशील मन्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन्।

उनले साउन २३ गते जन प्रगतिशील मञ्चको अन्तरक्रियामा भाग लिने जानकारी गराइएको छ। प्रचण्डसँग स्वकीय सचिवद्वय रमेश मल्ल, छोरी गंगा दाहाल तथा सचिवालयका अर्का सदस्य सूर्य किरण पनि छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर