नेभिगेसन मेनु

उपत्यकामा जताततै फोहोर, हैजा फैलिने खतरा
समय:2022-07-30 03:47

काठमाडौं । उपत्यकामा दुई साताभन्दा बढी समयदेखि फोहोर नउठ्दा दुर्गन्ध फैलिएको छ । लामो समय फोहोर नउठ्दा चोक तथा गल्ली–गल्लीमा फैलिएको दुर्गन्धका कारण हैजा फैलने सम्भावना बढेको छ । उपत्यकामा जताततै फोहोर थुप्रिँदा सुन्दर काठमाडौं कुरूप बन्न पुगेको छ ।

कलंकी सीतापाइला, बालाजु, माछापोखरी, गंगबु क्षेत्रमा मुख्य रोडवरिपरि फोहोरका डंगुर छन् । सबैभन्दा बढी कुरूप र फोहोरको डंगुर गंगबु बसपार्क क्षेत्रमा थुप्रिएको छ ।

त्यस्तै, महाराजगन्ज, त्रिपुरेश्वर तथा विभिन्न खोलाका करिडोर क्षेत्रमा पनि फोहोर थुप्रिँदा हिँड्डुल गर्नै असहज भइरहेको छ । सरकारी निकाय भने रमिते बनेको छ । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको गैरजिम्मेवारीपनका कारण समस्या देखिएको हो ।

काठमाडौं महानगरपालिका, वातावरण विभाग प्रमुख सरिता राईले लामो समय फोहोर उठ्न नसक्दा हैजा फैलनसक्ने खतरा बढेको बताइन् । उनका अनुसार बाटो निर्माणका लागि काठमाडौंवासीलाई एक साता घरमै फोहोर राख्न अनुरोध गरेपछि पुनः उठाउन थाल्दा अवरोध आएको हो । ‘स्थानीयले केही माग राखेर अवरोध गर्नुभएको छ,’ उनले भनिन्, ‘त्यसकारण फोहोर सहज रूपमा उठ्न सकेको छैन ।’ राजधानी दैनिकबाट

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर