चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियान्चाओको सम्मानमा आयोजना गरिएको रात्रीभोज शुरु भएको छ । लिउ नेतृत्वको सात सदस्यीय टोलीलाई परराष्ट्र मन्त्री डा. नारायण खड्काले रात्रीभोजको आयोजना गर्नुभएको हो ।
भोज नागपोखरीस्थित मेरियट होटेलमा हुन लागेको हो । केही बेरअघि होटल पुग्नुभएका मन्त्री खड्कालगत्तै चिनियाँ पाहुनाको टोली त्यहाँ पुगेको छ । म्यारियट अमेरिकी चेन होटेल भए पनि त्यसका मालिकहरु चाहिँ भारतीय मूलका नेपाली ब्यापारी शशिकान्त अग्रवालहरु हुन् ।