नेभिगेसन मेनु

चीन जाने यात्रुले काठमाडौँमा होटल क्वारेन्टाइन बस्न नपर्ने, हट्यो निजी अस्पतालको सिण्डिकेट
समय:2022-07-01 03:47

काठमाडौँ । नेपालबाट चीन जाने यात्रुहरुका लागि क्वारेन्टाइनको नियम खुकुलो बनाइएको छ । चीनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बोर्डिङ  पास लिनुअगाडि काठमाडौँमा लगातार बस्नुपर्ने पाँच दिनको तारे होटल क्वारेन्टाइनको नियम बिहीबारदेखि लागू हुने गरी पूर्णरुपमा हटाएको छ ।

काठमाडौँस्थित चिनियाँ राजदूताबासद्वारा चिनियाँ भाषामा प्रकाशित सूचनाअनुसार यसअघि पीसीआर र एन्टिजीन परीक्षणमा लगाइएको सिन्डिकेट पनि हटाइएको छ । अब नेपाल सरकारबाट मान्यताप्राप्त कुनै पनि प्रयोगशालाको परीक्षणलाई चीनले स्वीकार गर्ने भएको छ । यसअघि दुईवटा निजी अस्पताल ह्याम्स र स्टारको रिपोर्टलाई मात्रै मान्यता दिँदै आएको थियो ।

नयाँ नियमअनुसार बोर्डिङ्ग पास लिनुभन्दा ४८ र २४ घण्टा अगाडि दुई पटक मात्र पीसीआर र एन्टिजिन परीक्षण गरे पुग्ने भएकाे छ । तर यी दुई परीक्षण पनि छुट्टाछुट्टै प्रयोगशालामा गर्नुपर्ने बताइएको छ । यसअघि दुई हप्ताअगाडिको परीक्षण रिपोर्टसमेत पेश गर्नुपर्ने प्रावधान थियो ।

तेस्रो मुलुकबाट चीन जान कम्तिमा २८ दिन नेपाल बस्नुपर्ने नियम पनि बिहीबारबाटै रद्द गरिएको छ । तेस्राे मुलुकका यात्रुले  कोरोनाको परीक्षण गरेर सम्बन्धित मुलुकमा रहेको चिनियाँ नियोगबाट हेल्थ कोर्ड प्राप्त गरेपछि नेपाल हुँदै सीधै चीनतर्फ उडान भर्न पाउने छन् ।

काठमाडौँबाट चीनको खुनमिंडका लागि नियमित उडान गर्दै आइरहेको नेपाल चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले काठमाडौँको होटल क्वारेन्टाइनको शुल्क बुझाइसकेका यात्रुहरुलाई पैसा फिर्ताको लागि उसको विक्री काउन्टरमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।

चीनले उसकाे मुलुक प्रवेश गरिसकेपछिको क्वारेन्टाइन अवधि दुई हप्ताबाट झारेर केही दिनअगाडि मात्रै एक हप्तामा सिमित गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर