नेभिगेसन मेनु

एमालेले आज र भाेलि जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै,अध्यक्ष ओलीले उद्घाटन गर्ने
समय:2022-06-16 06:58

नेकपा एमालेले वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदैछ ।

स्थानीय तहमा निर्वाचित भएका पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई आज र भाेलि दुई दिन प्रशिक्षण दिन लागिएको हो ।एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयाे ।

प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको बिहीबार बिहान ११ बजे राष्ट्रिय सभागृहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्नुहुनेछ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेले २०५ पालिका प्रमुख-अध्यक्ष र २ सय ४० पालिकामा उपप्रमुख-उपाध्यक्ष जितेको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर