नेभिगेसन मेनु

आयोगले तयारी नगर्दा मतगणनामा ढिलाइ
समय:2022-05-16 03:50

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनपछि मतगणना तयारीलाई व्यवस्थित र छिटोछरितो गर्न नसक्दा गणना कछुवा गतिमा भइरहेको छ।

२०७४ सालको स्थानीय निर्वाचनमा सबैभन्दा धेरै मतदाता भएको काठमाडौं महानगरपालिकाको मत गन्न १४ दिन लागेको थियो। अघिल्लो निर्वाचनबाट पाठ सिकेर आयोगले मतगणना व्यवस्थित नगरी पुरानै शैलीलाई पछ्याउँदा निर्वाचन परिणाम आउन दुई साता लाग्ने देखिएको छ।

निर्वाचन सकिएको दिन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जेठ ५ गतेभित्र देशभरको नतिजा आइसक्ने दाबीसहित घोषणा गरेका थिए। आयोगले एक साताभित्र नतिजा दिने दाबी गरे पनि मतगणनाको शैली र परिणाम हेर्दा यसपटक पनि दुई साता लाग्ने देखिएको छ। आइतबार रातिसम्म काठमाडौं महानगरका १, २, ३, ४, ३१ र ३२ वडाको मतगणना भइरहेको छ।

काठमाडौं महानगरका ३२ वटा वडामा ३ सय ६३ मतदान केन्द्र थिए। आयोगका अनुसार महानगरपालिकामा ६३ प्रतिशत मतदान भएको छ। काठमाडौं महानगरपालिकामा ३ लाख २ सय ४२ मतदाता छन्। आयोगका सचिव गोकर्णमणि दुवाडीले मतगणनाका लागि सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको भनेर पन्छिए।

‘सम्बन्धित निर्वाचन अधिकृतले कतिजना खटाएका छन् भन्नेमा भर पर्छ। हामीले छिटो घोषणा गर्नुपर्छ भनेका छौं। छिटो गर्न निर्देशन पनि दिएका छौं। छिटो गणना सक्नलाई आवश्यक मात्रामा टोली गठन गर्न भनेका छौं,’ सचिव दवाडीले भने, ‘छिटो गणना सक्नलाई स्रोतसाधन उपलब्ध गराउने काम हाम्रो हो।’

आयोगले जेठ ५ गतेसम्म गणना सकेर नतिजा दिने घोषणा गरे पनि ढिलो हुने उनले स्वीकार गरे। मतदाता र मतदानलाई हेरेर आयोगले छिटो गणना सक्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई स्रोतसाधन उपलब्ध गराएको सचिव दवाडीले बताए। ‘सम्बन्धित निर्वाचन अधिकृतलाई जिम्मेवारी दिइएको छ,’ उनले भने।

ललितपुर महानगरपालिकामा २० वटा वडा छन्। त्यसमध्ये दोस्रो दिन बल्ल चारवटा वडाको बाकस खोलेर गणना गर्न थालिएको मुख्य निर्वाचन अधिकृत किरण शिवाकोटीले बताए। ललितपुर महानगरमा ८५ हजार मत खसेको छ। गणना सुरु गर्दा मुख्य दलले धेरै स्थानमा प्रतिनिधि राख्न नसक्ने बताएपछि जम्मा चार ठाउँमा गन्न लागिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर