1काठमाडौं । आउने ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । आउने ३० गते शुक्रवार निर्वाचन आयोगले देशभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरिसकेको छ ।
चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले जेठ १ गते आइतवार पनि बिदा नै हुनेछ ।
यस्तै, २ गते सोमवार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ । यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न आउने २८ र २९ गते विद्यालयको उपयोग गर्नुपर्ने आयोगले जनाएकाले यी दुई दिन पनि सार्वजनिक विद्यालयहरुमा पढाइ प्रभावित हुने देखिएको छ ।