नेभिगेसन मेनु

काठमाडौं महानगरको प्रमुख पदमा १६३ जनाको उम्मेदवारी
समय:2022-04-26 03:44

काठमाडौं । काठमाडौं महानगरपालिकाकोे प्रमुख पदका लागि १६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवारी मनोनयनको क्रममा सोमबार राति ११ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि १६३ जनाको उम्मेदवारी परेको हो । साथै उपप्रमुख पदमा ८० जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, ललितपुर महागरपालिकाको प्रमुख पदमा ४५ र उपप्रमुखमा २७ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । त्यसै गरी विराटनगर महानगरपालिकाको प्रमुख पदमा ७३ र उपप्रमुख पदमा ५७ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, पोखरा महानगरपालिकाको प्रमुख पदमा २६, उपप्रमुख पदमा १० जनाको उम्मेदवारी परेको छ । यसैगरी, वीरगञ्ज महागरपालिकाको प्रमुख पदमा ४०, उपप्रमुख पदमा १४ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, भरतपुर महागरपालिकाको प्रमुख पदमा ७४, उपप्रमुख पदमा ४४ जनाले मनोनयन दर्ता गराएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर