नेभिगेसन मेनु

चुनावमा आफ्नै खुट्टामा उभिएला त माओवादी ?
समय:2022-03-17 04:29

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा कुरा नमिलेपछि अहिलेको सत्ता गठबन्धन झण्डै झण्डै टुटेको थियो । प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवाले नेकपा एमालेसँग छलफल अघि बढाएपछि एमसीसीको विपक्षमा रहेको माओवादी एमसीसी अनुमोदनका पक्षमा उभियो र गठबन्धन जोगियो । एमसीसी संसदबाट अनुमोदन भइसकेको छ ।

एकाएक माओवादी किन एमसीसी अनुमोदनको पक्षमा उभियो भन्दै सर्वत्र आलोचना भएपछि यसबारे स्पष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले लोकतन्त्र बचाउन र गठबन्धनलाई अझ अगाडिसम्म लैजान आफूहरु एमसीसीको पक्षमा उभिएको बताए । पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसी पारित गरी देश दुर्घटनाबाट बचेकोमा आफु खुसी भएको समेत बताए । उनले भने,‘एमसीसीमा निकास दिएपछि अब मुलुक निर्वाचनको प्रक्रिया अघि बढ्छ । सरकार र गठबन्धन पनि कायम रहन्छ ।’

यसबाट स्पष्ट हुन्छ कि गठबन्धन माओवादीलाई अपरिहार्य छ । तर बुधबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा भने अध्यक्ष प्रचण्डले गठबन्धनबाट जितौँला भन्ने सोच हटाउन नेता कार्यकर्तालाई आग्रह गरे । आगामी तीनै तहको निर्वाचन माओवादीका लागि जीवन मरणको लडाइँ भएकोले त्यसै अनुसार तयारी गर्न उनले आग्रह गरे । उनले भने, ‘आगामी निर्वाचनमा गठबन्धन हुन्छ, उनीहरुले छाड्छन् र खाउँला भन्ने सोच छाड्नुस् । हामी आफैं नमरी स्वर्ग देखिँदैन। आफ्नै खुट्टामा उभिएर आफ्नै तागत र बलमा चुनाव जित्छौँ भन्ने आत्मविश्वास हामीलाई चाहिएको छ।’

प्रचण्डको अभिव्यक्ति गठबन्धनमा दरार पैदा भएर आएको हो कि भन्ने आशंका पनि बढेको छ । माओवादी चुनावदेखि मनोवैज्ञानिकरुपमा त्रसित छ । किनकी पटक पटकको पार्टी विभाजन र एमालेसँगको एकीकरणक पनि फेरि फुटमा परिणत भएपछि माओवादीप्रति आमजनताको धारणा सकारात्मक छैन ।

कांग्रेसका दोस्रो तहका नेताहरु चुनावी गठबन्धनको विपक्षमा छन् । खासगरी महामन्त्री गगन थापा, उपाध्यक्ष धनराज गुरुङ, नेता डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाललगायतका नेताहरु गठबन्धनको विपक्षमा छन् । तर प्रधानमन्त्री देउवा भने विगतमा एक्लै चुनाव लड्दाको अवस्था बुझ्न भन्दै पार्टीका नेता कार्यकर्तालाई गठबन्धन गरी चुनाव लड्नुपर्ने बताउँदै आएका छन् ।

यता नेकपा एमालेले भने सुरुदेखि नै आफू एक्लै चुनावी मैदामा उत्रिने भन्दै तयारी थालिसकेको छ । एमाले एक्लै चुनामा जाने, कांग्रेसको ठूलो संख्या गठबन्धनको विपक्षमा रहेकाले यदि पार्टीले गठबन्धन नगर्ने निर्णय गरेको खण्डमा माओवादी र एकीकृत समाजवादी एक्लै पर्ने अवस्था छ । यस्तो अवस्थामा प्रचण्डले भने जस्तो के आफ्नै खुट्टामा उभिन सक्ला त माओवादी ?

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर