नेभिगेसन मेनु

युक्रेनबाट नेपाली फर्कने क्रम जारी, स्थायी रूपमै बसिरहेकाहरू त्रसित
समय:2022-02-28 03:41

काठमाडौं । युद्धमा होमिएको युक्रेनबाट नेपाली फर्कने क्रम जारी छ तर त्यहीं स्थायी रूपमै वर्षौंदेखि बसिरहेका नेपालीहरू भने त्रसित अवस्थामा ज्यान जोगाउने मेलो गर्दै छन् ।

राजधानी किभको सडकमै उत्रिएर रूसी सेनाहरूले अन्धाधुन्ध आक्रमण गरेपछि ज्यान जोगाउन किभ छाडेर पश्चिम–दक्षिण शहर भसिल्कोभ पुगेका रघुनाथ साह आइतबार राति सम्पर्कमा आएका थिए।

उनले भसिल्कोभस्थित छोरीको साथीको घरभित्र ‘अन्डरग्राउन्ड’ मा सपरिवार लुकेर बसेको बताएका छन् । उनका अनुसार उक्त शहरको प्रायः सबै घरमा तरकारी भण्डारणका लागि अन्डरग्राउन्ड बनाइएको हुन्छ ।

अहिले रूसी सैनिकको बख्तरबन्द गाडीको साइरन सुन्नेबित्तिकै उक्त शहरका सबै घरमुनिको त्यही अन्डरग्राउन्डमा लुक्ने गरेका छन् । उनले आफू लुकिरहेको घरमा साथीको छोरीको परिवारका तीन जना र उनकी पत्नी र दुई छोरी गरी सात जना रहेको बताएका छन्।

आइतबारको रात कटाउन सके सोमबार पोल्यान्डतर्फ लाग्ने योजनामा रहेका साहले बताए । उनका अन्य नातेदार पनि शनिबार नै किभ छाडेर सुरक्षित स्थानतर्फ लागिसकेका छन् ।

उता पढ्न तथा कामका लागि युक्रेन पुगेका नेपालीलाई युक्रेनबाट सुरक्षित फर्काउने काममा स्लोभाकिया, पोल्यान्ड, हंगेरी, रोमानियालगायतका युक्रेन नजिकैको देशमा रहेका नेपाली समुदाय सक्रिय छन् ।

यसैबीच स्लोभाकियाबाट नेपालीको उद्धार कार्यमा खटेको नेपालीको संगठन ‘युक्रेन नेपलिज’ का संयोजक जयप्रसाद शिवाकोटीले युक्रेनबाट आइतबार रातिसम्ममा १२ नेपाली स्लोभाकिया आइपुगेको बताए । नेपाल समाचारपत्र दैनिकबाट

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर