नेभिगेसन मेनु

एमसीसीका समर्थक र विरोधीहरू एउटै गठबन्धनमा बस्न मिल्दैनः बाबुराम भट्टराई
समय:2022-02-16 03:40

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसीको समर्थक विरोधीहरु गठबन्धनमा बस्न नमिल्ने बताएका छन् । बुधबार सामाजिक संजालमार्फत भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा(एकीकृत समाजावदी)लाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

उनले एमसीसी मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘एमसीसी मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन ! सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन।भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्रो !’

सत्ता गठबन्धनका कांग्रेस र जनता समाजवादी एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर