नेभिगेसन मेनु

एमसीसीबारे एमाले मौन
समय:2022-02-02 03:41

काठमाडौं। अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर राष्ट्रिय राजनीति तातिएको बेला प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले भने मौन देखिएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी अनुमोदन गर्न संसद्मा प्रस्ताव लगे पनि अहिले पारित गर्ने वा नगर्ने विषयमा एमालेले आधिकारिक धारणा सार्वजनिक नगरी सत्ता गठबन्धनको धारणा कुरेर बसेको छ ।

एमालेभित्र एमसीसीको विषयमा पार्टीको धारणा तत्काल सार्वजनिक गर्नुपर्ने आवाज उठे पनि अध्यक्ष ओलीले अहिले सत्ता गठबन्धनको निर्णयपछि पार्टीले धारणा बनाउने बताउँदै आएका छन् । एमालेका एक केन्द्रीय सदस्यका अनुसार पार्टीले समयमा नै एमसीसीको बारेमा स्पष्ट पार्न आवश्यक रहेको भए पनि नेतृत्वले पर्ख र हेरको रणनीति लिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा संसद्मा एमसीसी तत्काल टेबल गर्ने पक्षमा रहे पनि सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको असहमति रहेको छ । नेपाली कांग्रेस स्पष्ट रूपमा एमसीसीको पक्षमा उभिएको छ ।

सत्ता गठबन्धकै माओवादी र एकीकृत समाजवादीले संशोधन बिना पारित गर्न नहुने अडान कायमै राखेका छन् । सत्ता गठबन्धनभित्रै एमसीसी पारित गर्ने विषयमा साझा सहमति निर्माण हुन नसकिरहेको बेला उक्त परियोजना अगाडि बढ्ला कि नबढ्ला चासोको विषय बन्न पुगेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर