नेभिगेसन मेनु

चैत मसान्तभित्रै मेलम्ची पानी उपत्यकामाः खानेपानी मन्त्री
समय:2022-01-31 04:35

काठमाडौं । सरकारले मेलम्चीको पानी अस्थायी संरचना तयार पारेर आगामी चैत मसान्तभित्रै ल्याउने उद्घोष गरेको छ। खानेपानीमन्त्री उमाकान्त चौधरीले अबको साढे दुई महिनाभित्रै मेलम्ची पानी अस्थायी रूपमा उपत्यका ल्याउने उद्घोष गरेका हुन्।

‘बाढी–पहिरोले क्षतिग्रस्त मेलम्चीमा अस्थायी संरचना तयार पारेर चैत मसान्तभित्रै उपत्यकामा पानी ल्याउनेछौं,’ उनले भने, ‘बाढी–पहिरोले क्षतिग्रस्त मेलम्ची आयोजनाको अस्थायी संरचना निर्माणको लागि ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भइसकेको छ। त्यसैले पनि आगामी चैतभित्रै मेलम्चीको पानी अस्थायी रूपमा भए पनि उपत्यका ल्याएर छाड्ने योजना छ।’

मन्त्री चौधरीले भेरिएसनमार्फत आयोजनाको हेडवक्र्स क्षेत्रमा थुप्रिएको २० मिटर उचाइको गेग्य्रान हटाउने तथा मर्मतसम्भारको काम सुरु भइसकेको बताए। सरकारले भ्याटसहित ३६ करोड ४५ लाख ३३ हजार लागतमा मेलम्चीको गेग्य्रान हटाउने काम सिनो हाइड्रोमार्फत गराउन लागेको हो।

अहिले भेरिएसन स्वीकृत भएर ठेकेदार कम्पनी साइटमा खटिसकेको छ। मन्त्री चौधरीले सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत मेलम्चीलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आइरहेको दाबी गरे।

‘सरकारले गत असोजसम्म सिन्धुपाल्चोक जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेकाले पनि तत्कालीन अवस्थामा केही काम गर्न सक्ने अवस्था थिएन,’ उनले भने, ‘आयोजनाको स्थलगत अवस्था, प्राविधिक तथा कानुनी परामर्श र प्रक्रियागत विषयले केही बिलम्ब हुन गएको हो।’

ठेकेदार कम्पनीले चैत मसान्तभित्रै मेलम्चीको पानी पथान्तरण गर्ने लिखित प्रतिबद्धता जनाएसँगै गेग्य्रान सफा गर्ने जिम्मेवारी दिइएको उनले बताए।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौड्यालका अनुसार सिनो हाइड्रोले गत शुक्रबारदेखि उपकरणसहित आयोजनाको हेडवक्र्स क्षेत्रमा थुप्रिएको गेग्य्रान हटाउने काम सुरु गरिसकेको र ठेकेदार कम्पनी गत शुक्रबारदेखि परिचालन भइसकेको नागरिक दैनिकमा खवर छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर