नेभिगेसन मेनु

माघ २४ देखि फेरि काठमाडौं र ललितपुरका विद्यालय खोल्नुपर्ने
समय:2022-01-27 03:24

काठमाडौं । काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको छ ।

यसका लागि विद्यालय फेरि खोल्नुपर्ने भएको छ । ललितपुर र काठमाडौं स्वास्थ्य कार्यालयले माघ २४ देखि दोस्रो मात्रा खोप लगाउने तयारी भएकोले त्यसपछि पनि विद्यालय खोल्न आज स्थानीय तहलाई पत्र पठाउने तयारी गरेको छ ।

यसअघि नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेकालाई पुनः खोप लगाउन माघ १६ देखि २० गतेसम्म फेरि विद्यालय खोल्ने निर्णय गरिसकेको छ । काठमाडौं र ललितपुरमा पहिलो मात्रा खोप लगाउने विद्यार्थी संख्या न्यून छ । भक्तपुरमा मोडर्ना खोप अभियान सञ्चालन भइसकेको छ ।

दोस्रो मात्रा शुरू भएसँगै पहिलो मात्रा खोप छुटेकालाई पनि लगाइदिने अभियान सञ्चालन गर्नुपर्ने अवस्थामा दुई मन्त्रालयबीचको समन्वय अभावको कारण भने समस्या देखिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर