नेभिगेसन मेनु

मास्क नलगाउने आठ जनालाई कारबाही
समय:2022-01-21 03:33

काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनहरूले अनुगमन र कारबाही थालेका छन् । अनुगमनका क्रमममा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाहीसमेत गरिएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले मास्क नलगाउने आठ जनालाई कारबाही गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले मास्क प्रयोग नगर्ने आठ जनालाई एक सय रुपियाँ जरिवाना गरिएको बताएका छन्।

नयाँबानेश्वर, मीनभवन र बबरमहललगायत क्षेत्रमा दिउँसो अनुगमन गरिएको पौडेलले बताए। यस्तै सार्वजनिक स्थल तथा सवारीसाधनको पनि प्रशासनको टोलीले अनुगमन गरेको छ । अनुगमनलाई सचेतनाका रूपमा अघि बढाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।

उपाध्यायले भने, “अनुगमन निरन्तर भइरहेको छ । अब कडाइका साथ लागू गर्छौं ।” कोभिड–१९ को जोखिम दिनानु दिन बढ्दै गएपछि बजार, बसपार्क, सार्वजनिक स्थान, अस्पताल, सार्वजनिक यातायात, सपिङ मल, होटल, रेस्टुरेन्ट, खाजाघर र कार्यालयहरूमा समेत अनुगमन बढाइएको छ ।

त्यस्तै कोभिड सङ्कटको मौका छोपेर कालोबजारी गर्ने, अत्यावश्यक औषधि लुकाउने, महँगो मूल्यमा बिक्री गर्ने र खाद्यान्नलगायतका मूल्य बढाउनेविरुद्ध पनि स्थानीय प्रशासनले अनुमगन सुरु गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर