नेभिगेसन मेनु

पुनः श्रम स्वीकृति अनलाइनबाट
समय:2022-01-16 03:37

काठमाडौं। अब अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने व्यवस्था भएको छ । गत वर्षदेखि भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा आजदेखि अनलाइनबाट मात्र हुने वैदेशिक रोजगार कार्यालय काठमाडौंले जनाएको छ ।

यसका लागि वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्ने सो कार्यालयले जनाएको छ ।

पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी गर्नुपर्ने हुन्छ ।वैदेशिक रोजगार कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर