नेभिगेसन मेनु

‘एमसीसीबारे सत्ता गठबन्धनमा मतभेद छैन’
समय:2021-12-18 03:36

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीको विषयमा सत्ता गठबन्धन दलहरूबीच कुनै पनि मतभेद नरहेको बताएका छन् ।

उनले गठबन्धनमा रहेका सबै दलहरूबीच राष्ट्र हितमा रहेका कुनै पनि सम्झौता र योजनालाई स्वीकार गर्ने र देश हितमा नरहेका कुनै पनि सम्झौता र योजनालाई अस्वीकार गर्ने सहमति बनेको बताए । अध्यक्ष नेपालले भने, “एमसीसीको नाममा गठबन्धन भत्काउने सपना कसैले देखेको छ भने त्यो कुनै पनि हालतमा पूरा हुँदैन।”

एमसीसीबारे दलहरूबीच छलफल चलिरहेको जनाउँदै त्यसमा कुनै कमी कमजोरी छन् भने ती कमी कमजोरी सच्याउनुपर्ने आफूहरूको धारणा रहेको पूर्वप्रधानमन्त्री नेपालको भनाइ रहेको छ ।

अर्को प्रशङ्गमा उनले एकीकृत समाजवादीले सरकारमा पठाएका सबै मन्त्रीहरूले राम्रो काम गरिरहेको र जनताको मन जित्दै गएको पनि जनाए । गोरखापत्र दैनिकबाट

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर