नेभिगेसन मेनु

ओमिक्रोन सङ्क्रमणको उच्च जोखिम विश्वभरि बढ्न सक्छः डब्लुएचओ
समय:2021-11-30 04:24

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने भन्दै चेतावनी दिएको छ । सोमबार डब्लुएचओले यो भेरिएन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने बताएको हो ।

सङ्गठनका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशहरूमा खोप पठाउनका लागि पुनः आह्वान गरेका छन् । यो महिनाको सुरुमा ओमिक्रोन दक्षिण अफ्रिकामा पत्ता लागेको थियो। प्रारम्भिक प्रमाणहरूले यसको सङ्क्रमण जोखिम धेरै रहेको देखाएका थिए ।

उक्त भेरिएन्टबारे छिट्टै खबर गरिएको भनेर दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको छ । टेड्रोसले विश्वभरका वैज्ञानिकहरूले नयाँ भेरिएन्ट उच्च सङ्क्रामक छ÷छैन, पुनः सङ्क्रमण हुने खतरा कति छ र खोपले कति काम गर्छ भनेर पत्ता लगाउन काम गरिरहेको बताए ।

नयाँ भेरिएन्टका कारण कसैको ज्यान गएको भन्ने अहिलेसम्म नपाइएको पनि उनले बताए । यो नयाँ भेरिएन्ट बेलायत, क्यानडा, पोर्चुगल, बेल्जियम र नेदरल्याण्डस्लगायत थुप्रै देशमा देखिइसकेको छ ।

नयाँ भेरिएन्ट देखापरेपछि अमेरिका, बेलायत र युरोपेली संघले दक्षिण अफ्रिकी देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । उक्त निर्णयको दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आलोचना गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर