नेभिगेसन मेनु

वकिलहरुको माइक प्रहरीले खोस्यो, विचौलियाका नाइके कुर्सी छोड भन्दै नाराबाजी
समय:2021-11-16 05:35

सर्वोच्च अदालत परिसरभित्र वकिलहरु छिर्न क्रममा प्रहरीले उनीहरुको माइक खोसेको छ । नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा बारको भवनबाट सर्वोच्च छिर्ने क्रममा प्रहरीले माइक खोसेको हो ।

प्रहरीले माइक खोसेपछि वकिलहरुले 'विचौलियाका नाइके कुर्सी छोड' भन्दै प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले माइक खोसिएपनि आफूहरुको आवाजलाई कसलाई रोक्न नसक्ने बताए । अहिले माइक बिनै वकिलहरुले अदालतको मुख्य गेटभित्र धर्ना दिइरहेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर