नेभिगेसन मेनु

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अखिल क्रान्तिकारीले गरे प्रदर्शन
समय:2021-11-14 03:53

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ।

क्रान्तिकारीले प्रदर्शनीमार्गस्थित रत्नराज्य आरआर क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो। 

प्रदर्शनका क्रममा उनीहरुले टायर बालेर नाराबाजी गरेका थिए। मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग उनीहरुले अगाडि सारेका छन्। प्रदर्शनकारीले टायर बालेपछि प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको थियो। त्यसक्रममा सामान्य झडपसमेत भएको थियो। 

नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि विभिन्न विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गर्दै आएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर