माल्दिभ्स सरकारले उपहारस्वरुप उपलव्ध गराएको कोरोना विरुद्धको २ लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार राति नेपाल आइपुगेको छ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडान मार्फत बेलुका ८:३० बजे खोप नेपाल आइपुगेको हो।
उक्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा रखिने उनले बताए। खोप केही दिनपछि प्राथमिकताका आधारमा विभिन्न जिल्लामा पठाइने ढुंगानाले बताए।