नेभिगेसन मेनु

मन्दिर प्रवेश गरेको भन्दै दलितको हत्या घटनाको भत्र्सना
समय:2021-10-21 03:33

असोज २८ गते चितवनको भरतपुर महानगरपालिका ४ का ५८ वर्र्षीय भीमबहादुर विश्वकर्मालाई स्थानीय दुर्गा मन्दिरमा पुजा गरेको आधारमा सीताराम बस्नेत र दिलिप श्रेष्ठले कुटपिट गरी हत्या गरिएको घटनाप्रति दलित गैर सरकारी संस्था महासंघले घटनाको भत्र्सना गरेको छ । 

बिहिबार विज्ञप्ती प्रकाशन गर्दै महासंघले यो घटना दलित समुदायमाथि हुँदै आएको जातीय विभेद, उत्पीडन, दमन, अन्याय, अत्याचार एवं हत्याहिंसाकै श्रृंखलाको पराकाष्ठ मात्र हैन नेपालको संविधान, प्रचलित कानून तथा मानव अधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको समेत गम्भिर उलंघन गरेको भनेको छ । 

नेपाललाई छुवाछूतमूक्त राष्ट्र घोषणा गरिएको छ, संविधान र कानूनले सार्वजनिक तथा नीजि कुनैपनि स्थानमा कसैले कुनै प्रकारको विभेद गर्न नपाईने गरि निषेध गरेको छ तर घटना भएको दिनमा भीमबहादुर विश्वकर्माले आफूले पनि दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्ने आवाज उठाउँदा र हिन्दू धर्मावलम्वि भएर आफ्नो आस्था र विश्वास अनुसार पुजा गर्दा उक्त व्यक्तिहरुले ‘तँ कामीले मन्दिर पस्ने मन्दिर छुने भन्दै इँट्टा र पाइपले टाउकोमा हानी लछारपछार पारी हत्या गर्नु गरेको विज्ञप्ती मार्फत आरोप लगाएको छ । 

न्याप्रशासन एवं कानूनलाई ठाडो चुनौति दिएको मात्र हैन परिवर्तनलाई अस्वीकार गर्नु र समाजलाई जंगली युगतिरै धकेल्न खोजेको महासंघले जनाएको छ । घटनाका बारेमो उच्चस्तरीय न्याीक छानबिन समिति बनाइ घटनाको सत्यतथ्य सार्वजनिक गरी अपराधीलाई हदैसम्मको कानूनी कार्वाही गर्न, पीडितका परिवारलाई उचित न्याय र क्षतिपूर्ति दिन र यस्ता प्रकारका घटनाहरु नदोहोरीन अवश्यक कदम चाल्न महासंघले सरकार समक्ष जोडदार माग गरेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर