नेभिगेसन मेनु

आजदेखि हलमा सिनेमाको प्रदर्शन सुरु
समय:2021-10-07 11:55

लामो समयपछी आजदेखि सिनेमाहरु खुलेका छन। क्युएफ एक्सले आफ्ना ४ वटा हलमा अग्रेजी सिनेमाको प्रदर्शन भैरहेको जनाएको छ। यसैक्रममा फाष्ट एण्ड फोरियस नाईन र नोबडी नामक अग्रेजी सिनेमाको अग्रेजी र हिन्दी भाषामा डबिङ गरिएको चलचित्र गरिदैंछ।

क्युएफएक्सका हलहरुमा अशोज २६ गते फूलपातीको दिन देखि डाँडाको बरपिपल प्रदर्शन गरिदैंछ। सो चलचित्र देशैभरि पनि सोही दिन देखि प्रदर्शन गरिने कार्यक्रम रहेको छ। हाल क्युएफएक्सका काठमाडौंको सुन्धारा स्थित सिभिल मल र ठमेलको छाँया सेण्टरका साथै भक्तपुर, ललितपुरको लबिम मल र बिराटनगरमा सिनेमा प्रदर्शन सुरु गरिएको हो। 

बिग मुभिजका हल पनि आजदेखि खुलेका छन। त्यहाँ पनि दुईवटा अग्रेंजी सिनेमाको प्रदर्शन भैरहेको छ। बिग मुभिजले आफ्ना सबै कर्मचारीहरुले खोप लगाईसकेकोले सुरक्षित रुपमा सिनेमा प्रदर्शन गरिने प्रतिबध्दता व्यक्त गरेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर