नेभिगेसन मेनु

दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो
समय:2021-09-27 03:49

सोमबारदेखि दसैंका लागि लामो दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुलेको छ। दसैंमा घर जानेहरू बिहानैदेखि नयाँ बसपार्कलगायतका स्थानमा टिकट बुकिङका लागि पुगेका छन्। यातायात व्यवस्था विभागका अनुसार अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ।

सरकारले सोमबारदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो। यात्रुको चापलाई ख्याल गर्दै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो। 

दसैँ नजिकीएसँगै काठमाडौं उपत्यका छोड्ने क्रम सुरु भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले अग्रिम टिकट बुकिङ खुलिसकेको बताए। बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु भएको उनले जानकारी दिए। महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर