नेभिगेसन मेनु

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या
समय:2021-09-06 07:26

संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै घरका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले आइतबार राति धारिलो हतियार प्रयोग गरी स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको  हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए ।

हत्याको घटना सोमबार बिहान मात्र छिमेकीले थाहा पाएका थिए । छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय शिक्षक योगेन्द्र ओझाले बताए । ५८ वर्षीय तेजबहादुर कार्कीसहित उनकी आमा ८० वर्षीया पार्वता, ५६ वर्षीय श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको प्रहरीले जनाएको छ । मृतकहरुको शव घरवरिपरि फालिएको अवस्थामा भेटिएको छ ।

घटनाको थप विवरण बुझ्न डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थलतर्फ गएको छ । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न कम्तीमा ६ घण्टा लाग्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चैनपुरमा प्रहरी निरीक्षक योगराज खतिवडाको टोली भने घटनास्थल पुगेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर