नेभिगेसन मेनु

अष्टलक्ष्मी शाक्य बनिन् पहिलो महिला मुख्यमन्त्री
समय:2021-08-19 03:22

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन्।

संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उक्त धारामा 'प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने' उल्लेख छ।

शाक्य बुधबार नै बागमती प्रदेश एमाले संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी थिइन्। मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एमाले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिएका थिए। पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएक थियो।

को हुन् अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशको मुख्य मन्त्री भई नेपालकै पहिलो महिला मुख्य मन्त्री हुन लागेकि अष्टलक्ष्मी शाक्यको जन्म सन १९५३ मा काठमाडौंको झोंछेमा भएको थियो।

उनि अनवरत रुपमा नेपालको कम्युनिष्ट आन्दोलनमा सक्रिय महिला नेतृ हुन। उनले नेकपा एमालेको विभिन्न पदमा कार्य गरिसकेकि छिन। उनि उध्योग, महिला बाल बालिका तथा समाजकल्याण मन्त्रीका रुपमा पनि कार्यरत भैसकेकि छिन।

पंचायत विरुध्दको संघर्षमा लामो समय कार्य गर्नुका साथै भुमिगत राजनीति गरेकि शाक्यको बिबाह सोही पार्टीका नेता तथा पूर्व मन्त्री अमृत बोहरासंग भएको थियो। पार्टीमा नेतृ शाक्यलाई शालिन व्यक्तित्वका रुपमा लिने गरिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर