नेभिगेसन मेनु

भैरहवा–लुम्बिनी सडकमा अख्तियारको परीक्षण
समय:2021-08-17 03:45

निर्माण सकिएको ६ महिना पनि नपुग्दै भत्किन थालेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक परीक्षण अध्ययन सुरु गरेको छ । काठमाडौंस्थित आयोगका इन्जिनियर सुदीप आचार्यको नेतृत्वमा खटिएको चार सदस्यीय टोलीले सडकको प्राविधिक परीक्षणसहितको अध्ययन गरिरहेको छ । 

निर्माण सकिएको केही महिनामै भत्किन थालेपछि भैरहवा–लुम्बिनी–तौलिहवा सडकको प्राविधिक परीक्षण अध्ययन गर्दै अख्तियारको टोली । तस्बिर : माधव ढुंगाना/कान्तिपुर

टोलीसँग भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाका योजना प्रमुख प्रदीपराज शाक्य, परामर्शदाता कम्पनीका डेपुटी टिम लिडर प्रकाशजंग शाह र ठेकेदार कम्पनीका प्रतिनिधि पनि सहभागी छन् । टोलीले सोमबारदेखि भैरहवाको लुम्बिनी गेटदेखि परीक्षण अध्ययन थालेको छ । भैरहवादेखि कपिलवस्तुको तौलिहवा सम्मको ४१ किमि सडकको पूरै खण्डमा परीक्षण गरिने टोलीले जनाएको छ । ‘आयोगले एकपटक सडकको प्राविधिक परीक्षण गर्न निर्देशन भएअनुरूप हामीले अध्ययनको काम थालेका छौं,’ आचार्यले भने, ‘सडकको कालोपत्रलगायत सबै प्राविधिक पक्ष परीक्षणसहितको अध्ययन तत्काल गरिनेछ ।’

विदेशी ठेकेदार, विदेशी लगानी र विदेशी प्राविधिकसहितको परामर्शदाता कम्पनीले बनाएको यो सडक निर्माण सकिएको ६ महिना पनि टिकेन । ठाउँठाउँमा भत्किन थालेको छ । कतै सडक दबेको छ । कैयौं ठाउँमा खाल्डाखुल्डी बनेका छन् । कालोपत्र उप्किन थालिसकेको छ । यात्रुका लागि बनाइएको फुटपाथ, सर्भिस लेन, कालोपत्रलगायतका सबै संरचना भत्किन थालेका छन् ।

विश्व पर्यटन केन्द्र लुम्बिनी र यससँग सम्बन्धित अन्य पर्यटकीय स्थलमा आउजाउका लागि सहज सडक मार्ग बनाउने लक्ष्यसहित भैरहवा–लुम्बिनी–तौलिहवा सडक स्तरोन्नतिसहितको पुनर्निर्माण चार वर्षअघि सुरु गरिएको थियो । भारतको ठेकेदार कम्पनी गावर कन्स्ट्रक्सन गुडगाव हरियाणासँग २०७६ को पुस मसान्तसम्ममा सक्ने गरी २०७४ असार ८ मा ठेक्का सम्झौता भएको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा थालिएको यस आयोजनाको सुरुको ठेक्का रकम १ अर्ब ९३ करोड रुपैयाँ हो । पछि थप गरेर योजनाको लागत २ अर्ब ८ करोड रुपैयाँभन्दा धेरै पुगेको छ । यो योजनाको परामर्शदाता कोरियन कम्पनी केईसीसी हो ।



#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर