नेभिगेसन मेनु

सदरमुकाममै पसेर भालुकाे आक्रमण : २ जना घाइते, भालुलाई पनि मारियो
समय:2021-08-12 10:20

जुम्ला सदरमुकाम खलंगा बजारमा आज बिहान ४ बजे प्रबेश गरेकाे भालुले दुई जनालाई घाइते बनाएकाे छ।

बिहान धारामा पानी भर्न गएका बेला दुई दम्पति हिमराज राेकाया र निर्मला राेकायालाई भालुले आक्रमण गरेर घाइते बनाएकाे हाे। श्रीमान् हेमराजकाे चाेट सामन्य भए पनि उनकी श्रीमती निर्मलाकाे टाउकाेमा अलि ठुलै घाउ भएकाे स्थानीयले बताएका छन्।

एकाबिहानै बजार पसेर आक्रमण गरेकाे भालुलाई नेपाली सेना र प्रहरीकाे टाेली परिचालन गरी मारिएकाे छ।

राेकाया दम्पतीलाइ आक्रमण गरेर घाइते उक्त भालु खलंगाकाे एउटा घरकाे गाेठभित्र पसेकाे थाहा पाएपछि नेपाली सेना र प्रहरिकाे प्रयासले गाेलि हानेर मारिएकाे हाे।  मारिएकाे भालु अहिले जिल्ला वन कार्यालय जुम्लामा राखिएकाेछ।

घाइते दुबैकाे अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा उपचार भइरहेकाे छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर