नेभिगेसन मेनु

उपत्यकामा थपिएको निषेधाज्ञा थप कडा, के गर्न पाइन्छ, के पाईंदैन ?
समय:2021-08-11 03:41

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप भएको छ । आज बसेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कडाई गर्दै निषेधाज्ञा थप गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बेठकले भदौ ८ गतेसम्म जारी रहने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । 

बैठकले उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

बैठकले कुल स्वीकृति सिट क्षमताभन्दा बढी यात्रु नराख्ने र सबै यात्रुहरुले अनिवार्यरुपमा मास्क लगाउने तथा मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने निर्णय गरेको हो । 

निर्णयमा भनिएको छ, ‘चालक र सहचालकले अनिवार्य मास्क र माइजर र पञ्जा लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर