नेभिगेसन मेनु

भीमफेदी कारागारका ३ सय बढी कैदीबन्दीमा कोरोना पुष्टि
समय:2021-07-30 03:28

मकवानपुरको भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ ।

कारागारमा रहेका ब्लक ‘क’ र ‘ख’ मा ९ सय ७० जना कैदीबन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायका अनुसार बुधबार र बिहीबार गरिएको परीक्षणमा ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको हो ।

कैदीबन्दीहरुलाई भीमफेदीबाट अर्को कारागारमा पठाउने क्रममा ११ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको थियो । उक्त जानकारी आएसँगै भीमफेदी कारागारमा रहेका सबै कैदीबन्दीमा कोरोना परीक्षण गरिएको हो । उपाध्यायका अनुसार कोराना पुष्टि भएका संक्रमितहरुमा कुनै पनि किसिमको लक्षण देखिएको छैन ।

पुष्टि भएको संक्रमितहरुलाई कारागारभित्रै निगरानीमा राखिने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । जिल्लामा पछिल्लो दिनहरुमा कोरोना पुष्टि हुनेको संख्या बढेको छ ।

नेपालन्युज बाट

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर