नेभिगेसन मेनु

सबैलाई आममाफी दिने केपी ओलीको घोषणा, मिलेर काम गर्न आह्वान
समय:2021-07-22 10:55

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई आममाफी दिने घोषणा गरेका छन्।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका छन्, ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड। जे सुकै भएको होस् एम्नेष्टि। आउनुस् मिलेर काम गरौं।’

सबै मिलेर आन्दोलनलाई एकीकृत बनाउन सकिने भएकाले एकता गर्नुपर्ने अध्यक्ष ओलीले बताए। ओलीले एमाले पार्टी कर्कलाको पातमाथि रहेको पानीजस्तो हावाले हल्लाएर खस्ने अवस्थामा नरहेको बताएका छन्।

विपक्षी गठबन्धनसँग मिलेको आरोप लगाउँदै एमालेले नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर