नेभिगेसन मेनु

माधव नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड
समय:2021-07-20 04:26

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वरस्थित माधव कुमार नेपाल निवास पुगेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै एमाले केन्द्रीय कमिटी बैठकले सोमबार २४ घन्टे स्पष्टीकरण सोधेको छ। उक्त स्पष्टीकरणको समयसीमा केहीबेरमा सकिँदै छ। विश्वासको मत दिएका २२ जनालाई कारबाही गर्नकै लागि आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ।

सो सम्बन्धमा छलफल गर्न प्रचण्ड कोटेश्वर पुगेका हुन्। प्रचण्डले माधव नेपाललाई सरकारमा सहभागी हुन आग्रहसमेत गर्न बताइएको छ। कारबाही गरिहाले पार्टी फुटाउन आवश्यक अध्यादेशका सम्बन्धमा पनि छलफल हुने बताइएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर