नेभिगेसन मेनु

देउवालाई बधाइ दिँदै भारतीय प्रधानमन्त्री मोदीले यस्तो भने
समय:2021-07-19 05:30

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वासको मत प्राप्त गर्ने वित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। 

आइतबार साँझ संसदबाट विश्वासको मत प्राप्त गरेपछि ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारतबीचको सम्बन्धलाई अझ सशक्त बनाउन काम गर्न प्रतिक्षारत रहेको बताएका छन्। 

‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको कामना। सबै क्षेत्रमा रहेको अद्वीतीय साझेदारीलाई अझ मजबुत बनाउनका लागि तपाईँसँग काम गर्न प्रतिक्षारत छु र जनता जनताबीचको गहिरो सम्बन्धलाई सशक्त बनाउनु छ’ मोदीले भनेका छन्। 

प्रधानमन्त्री नियुक्त हुने वित्तिकै देउवालाई मोदीले बधाई नदिएको विषयलाई चासोका साथ हेरिँदै आएको थियो। आइतबार प्रतिनिधिसभा भएको मतदानमा प्रधानमन्त्री देउवाको पक्षमा १ सय ६५ मत परेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर