नेभिगेसन मेनु

काठमाडौंमा फेरि निषेधाज्ञा थप्ने तयारी
समय:2021-07-15 03:38

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी गरिएको छ। त्यसका लागि आज (बिहीबार) तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

दिउँसो १ बजेपछि बसिने बैठकमा लामो दूरीका यातायात पनि खोल्ने कि भन्ने विषयमा पनि छलफल गरिने उनले बताए। 

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि अब १५ दिन निषेधाज्ञा थप्ने र लामो दूरीका यातायात पनि खुला गर्ने सरसल्लाह भइरहेको जानकारी दिए। 

कोरोना महामारी नियन्त्रणका लागि भनेर काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा सुरु गरिएको थियो। पटकपटक अवधि थपेर यो लम्ब्याउने क्रम जारी छ। तर क्रमशः खुकुलो पारिएको छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर